कारोबार


केन्टका विभिन्न विद्युतीय सामग्री नेपाली बजारमा

केन्टका विभिन्न विद्युतीय सामग्री नेपाली बजारमा

नेपालखबर
पुस २८, २०७९ बिहिबार १६:५४, काठमाडौँ

ईओएल प्रालिले केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ। 

कम्पनीले नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डरलगायतका सामग्री नेपाली बजारमा ल्याएको हो। 

कम्पनीका अनुसार आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स फोरएम–२१ गज, मेटल बक्स÷१एन्ड२–२१ गज, नेक्स एमसीबी टीपीएन सिरिज आदि उपलब्ध छन् ।

सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छ। सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइन्छ।

केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन्। केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो।

ईओएल प्रालि चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको एक सहायक कम्पनी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad