कर्णाली


कर्णालीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

कर्णालीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

नेपालखबर
पुस २८, २०७९ बिहिबार १६:४२, सुर्खेत

कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्। 

बुधबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १÷१ गरि जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। 

यस्तै, नेकपा एमाले र माओवादी केन्द्रले एक/एक जना सांसदलाई सरकारमा पठाएका छन्। उनीहरुलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। 

जसमा नेकपा माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका छन्। माओवादी केन्द्रका शाही मुगु प्रदेश सभा (२)बाट निर्वाचित भएका थिए। 

यस्तै, शाह दैलेख निर्वाचन क्षेत्र–२ प्रदेश सभा (२) बाट निर्वाचित हुन्। शाह र शाहीलाई मुख्यमन्त्री शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त गरेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad