राजनीति


बिना विभागीय मन्त्रीहरूले पाउने भए मन्त्रालय

बिना विभागीय मन्त्रीहरूले पाउने भए मन्त्रालय

फाइल तस्बिर।


नेपालखबर
पुस २८, २०७९ बिहिबार १३:१८, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका ४ जना मन्त्रीहरुले मन्त्रालय पाउने भएका छन्। गत ११ पुसमा विस्तार भएकोे मन्त्रिपरिषद्मा रहेका एमाले ३ र जनमत पार्टीका १ जना मन्त्रीको जिम्मेवारी तोकिएको थिएन।

बिहीबार सत्ता साझेदार दलको बैठकले मन्त्रालय तोक्ने एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। ‘आज बस्ने सत्ता साझेदार दलको बैठकले विभाग तय नभएका मन्त्रीहरूको मन्त्रालय तोक्नेछ,’ ती मन्त्रीले भने, ‘यसबारेमा हिजो प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समझदारी बनेको छ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजेका लागि सत्ता साझेदार दलको बैठक बोलाइएको छ। सो बैठकले बिना विभागीय मन्त्रीहरुको मन्त्रालय टुंगो लगाउने छ।

अहिलेको मन्त्रिपरिषद् ८ सदस्यीय छ। संविधान अनुसार ३ राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाउने व्यवस्था छ।

एमालेबाट मन्त्री बनेका बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राईको मन्त्रालय तोकिएको छैन।
 

त्यस्तै डा. चन्द्रकान्त राउत (सीके) को जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खानले पनि मन्त्रालय तोकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .