राजनीति


हाइज्याक भएको गठबन्धन करेक्शन गर्न प्रचण्डलाई विश्वासको मत दियौं : रामचन्द्र पौडेल

हाइज्याक भएको गठबन्धन करेक्शन गर्न प्रचण्डलाई विश्वासको मत दियौं : रामचन्द्र पौडेल

नेपालखबर
पुस २७, २०७९ बुधबार ९:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्। 

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिएपछि प्रतिक्रिया दिँदै पौडेलले दुई वर्षअघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मत दिएको बताएका हुन्। 

‘मैले केही दिन अगाडि एउटा कार्यक्रममा भनेको थिए। अहिलेको राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ। आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आइरहेका छन्,’ उनले भने, ‘यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ। राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेको थिए।’

संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए। उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र
राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएको उनले बताए। 

‘आज त्यही अनुसार सबै राष्ट्रिय पार्टीहरु र शक्तिहरु मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ। यो एउटा ऐतिहासिक घटना हो। यसमा मलाई सन्तोष छ। कांग्रेसले राष्ट्र, व्यवस्थालाईहेरेर संविधान बचाउनको लागि संविधानमा आइपरेका विभिन्न खतराहरुलाई समेत हृदयंगम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउनको लागि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियौं,’ उनले भने, ‘संविधान बचाउनको लागि पाँच दलको गठबन्धन भएको थियो। गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उदेश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं।’

नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको उनको भनाई छ। 

उनले कांग्रेसले कुनैपनि संवैधानिकभाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए। बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए।

‘यसले देश जनताको भलो गर्छ। राजनीतिक पार्टीहरु एक ठाउँमा छन्।एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जान्छन् । कांग्रेसले कुनै पदको लागि पक्षमा मतदान गरेको होइन। पदको विषयमा भएको भए ओलीले संसद विगठन गरेको बेला दौडेर निवर्तनमा जाने थिए,’ पौडेलले भने, ‘त्यो बेला व्यवस्थाको लागि गरेको हो।  मलाई सत्ता भन्दा पनि व्यवस्थाको चिन्ता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad