ad ad

राजनीति


प्रधानमन्त्रीको संकल्प : आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउँछु

प्रधानमन्त्रीको संकल्प : आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउँछु

नेपालखबर
पुस २६, २०७९ मंगलबार १३:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउने संकल्प गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सो संकल्प गरेका हुन्। उनले अहिले आफूहरु आर्थिक अनुकुलतामा नरहेको समेत बताए। 

‘हामी आर्थिक अनुकुलतामा छैनौं । लक्ष्य अनुसार राजश्व नउठ्दा वित्तिय प्रशासनको सबै चक्र समस्यामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्याउने संकल्प संसदसामु व्यक्त गर्दछु। सबैको सहयोगको अपेक्षा पनि गर्छु।’

प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा उज्यालो नेपाल अभियान संचालन गरेर लोडसेडिङलाई इतिहास बनाएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .