ad ad

राजनीति


पार्टी र संसदीय व्यवस्था जोगाउनेगरी विश्वासको मतबारे निर्णय लिन्छौं : विश्वप्रकाश शर्मा

पार्टी र संसदीय व्यवस्था जोगाउनेगरी विश्वासको मतबारे निर्णय लिन्छौं : विश्वप्रकाश शर्मा

फाइल तस्बिर।


नेपालखबर
पुस २६, २०७९ मंगलबार ११:६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी, संसदीय व्यवस्था र लोकतन्त्र बचाउनेगरी पार्टीमा छलफल जारी रहेको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको अनौपचारिक बैठकपछि उनले संचारकर्मीसँग सो कुरा बताएका हुन्। 

केहीबेरपछि पार्टी कार्यसम्पादन समितिको बैठक बस्ने र त्यहाँ औपचारिक छलफल हुने उनले बताए। ‘साढे ११ बजे बैठकपछि कार्यसम्पादन समितिको बैठक बस्छौं। त्यसपछि संसदीय दलको बैठक बस्छौं। त्यसपछि बस्ने संसदीय दलको बैठकबाट हामीले निर्णय लिन्छौं,’ महामन्त्री शर्माले भने।

प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पार्टीभित्र फरक विचार हुनु स्वभाविक भएको भन्दै आधिकारिक निर्णय आउन बाँकी रहेको उनले बताए। ‘हामीभित्र फरक फरक विचार हुनु स्वभाविक छ। के निर्णयमा पुग्ने भन्ने आउन बाँकी छ। पार्टी, संसदीय व्यवस्था र समग्र लोकतन्त्रका लागि के गर्ने भन्ने चाहीँ उचित निर्णय हुन्छ भन्ने छलफल गरिरहेका छौं,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेका छ। 

मत दिने वा नदिने भन्नेबारेमा कांग्रेसले निर्णय लिइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .