नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक पछि सारिएको छ।
कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाले अब संसदीय दलको बैठक बिहान ११ बजे बस्ने जानकारी दिए। यसअघि आज बिहान ९ बजे बस्ने भनिएको थियो।
तर धुम्बाराहीमा जारी पदाधिकारी बैठक लम्बिएका कारण कांग्रेसले संसदीय दलको बैठकको समय सारेको हो।
कांग्रेसमा वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा दुईमत छ। सोमबार प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका थिए।
सकारात्मक संकेत दिँदै देउवाले आज पदाधिकारी र संसदीय दलको बैठकबाट यस विषयमा निर्णय गर्ने बताएका थिए।
57
Shares
प्रतिक्रिया