राजनीति


धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी, प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी, प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०७९ मंगलबार ९:२५, काठमाडौँ

धुम्बाराहीमा अहिले नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा बैठक राखिएको हो। 

नेता नारायण खड्काले पदाधिकारी बैठक जारी रहेको जानकारी दिए। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार धुम्बाराही नै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। जवाफमा देउवाले सकारात्मक संकेत दिँदै पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए। 

पदाधिकारी बैठकलगत्तै कांग्रेसले संसदीय दलको बैठक राख्ने जनाएको छ। जुन बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने वा नदिने निर्णय गर्ने नेताहरुले बताएका छन्। 

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत माग्दै छन्। 

प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। त्यसरी बनेको प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। 

सात दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त प्रचण्डलाई जम्मा १६९ सांसदको समर्थन छ।  प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसद तथा भने ३ जना स्वतन्त्र सांसद समर्थन गरेका हुन्।  

आज विश्वासको मत लिँदा यसभन्दा बढी मत आउनेगरी सत्ता गठबन्धनले पहल गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .