नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताएका छन्।
सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताएका हुन्।
उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताए।
‘सरकारलाई विश्वासको मत दिने नदिने विषयमा मंगलवार विहान सचिवालयको बैठक बस्दैछौं। सचिवालय बैठकमा निर्णय गर्छौं। सत्ता समीकरणमा जाने हाम्रो रुचि छैन। अहिले हामी के गर्ने भन्ने विषयको छलफलमा नै छौं’ उनले भने, ‘हामी विचार मिल्ने दलहरुसँग छलफल संवाद गर्दै मिलेसम्म मोर्चा समेत बनाउँछौं। विचार सिद्धान्त सबै मिल्यो भने एकतावद्ध भएर जानसक्छौं।’
उनले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताको लागि छलफल र संवादलाई खुला राखेको बताए।
Shares

प्रतिक्रिया