सिद्धार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फुड एण्ड डेरी टेक्नोलजीबीच सहुलियतपूर्ण उच्च शिक्षा कर्जासम्बन्धी सम्झौता भएको छ। बैंकले नेपाल राष्ट्र बैंकको २०७५ असोज ११ को सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार स्वदेशमा नै उच्च शिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्यून आर्थिक अवस्था भएका, सीमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै सिद्घार्थ उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ल्याएको हो।
उक्त कर्जाको कार्यान्वयनको लागि बैंकले क्याफोड्याट कलेजसँग सम्झौता गरेको हो। सम्झौताअनुसार काठमाडौंस्थित मीनभवनमा रहेको उक्त कलेजमा फुड तथा डेरी टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा दुई प्रतिशत मात्र प्रिमियम जोडी हुन आउने ब्याजदरमा शैक्षिक कर्जा प्रवाह गरिनेछ। उक्त ब्याजदरमा नेपाल राष्ट्र बैंकद्वारा पाँच प्रतिशत सहुलियत प्रदान गरिनेछ। बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडको सम्पुर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको छ।
सिद्घार्थ बैंकको चुक्ता पुँजी आठ अर्ब ८८ करोड रहेको छ भने कुल निक्षेप एक खर्ब १४ अर्ब र कर्जा एक खर्ब सात अर्ब पुगेको छ। बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न स्थानहरुमा १ सय ५६ शाखा, १ सय शाखारहित बैंकिङ्ग सेवा (चार एक्सटेन्सन काउन्टरसहित) तथा १ सय ६९ एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया