राजनीति


राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०७९ आइतबार १८:५४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डलाई विश्वासको मत दिएर जाने जानकारी दिएका छन्। 

आइतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले यस्तो बताए। 

उनले आजको बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहेका उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधि सभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकबारे पार्टीका सांसदहरुलाई जानकारी गराएको बताए। 

उनले प्रतिनिधि सभाको पहिलो बैठक र विश्वासको मतबारे आजको बैठकमा छलफल केन्द्रित भएको बताए। 

‘हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता तथा पार्टी अध्यक्षको नेतृत्वमा बस्यो । बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहेका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमबारे जानकारी गराउनु भयो', उनले भने, 'त्यसमै छलफल भयो । सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ। तर निर्णय भइसकेको छैन।’

नेता तामाङले आफूले सरकार बनाउनका लागि पहल गरेका नेतालाई विश्वासको मत दिने भए पनि पार्टीबाट औपचारिक निर्णय भने भइनसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad