राजनीति


नेसपामा ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन (पूर्ण पाठ)

नेसपामा ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन (पूर्ण पाठ)

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०७९ आइतबार १३:५६, काठमाडौँ

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको छ। आइतबारबाट सुरु भएको बैठक भोलि (सोमबार) सम्म चल्ने पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए। 

उनका अनुसार आइतवारको बैठकमा ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ।

प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु भएको उनले बताए। नेकपा माओवादी केन्द्रसँग एकताको तयारीमा रहेको नेसपाले बैठकबाटै सो निर्णय लिने बताएको छ। 

यसअघि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले भेट गरेका थिए। भेटमा पार्टी एकता गर्नेगरी सहमति भएको बताइएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .