जनता समाजवादी पार्टी, नेपालले आफ्ना सांसदहरुलाई आज प्रशिक्षण दिने भएको छ।
संसदमा सांसदहरुले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा पार्टीले आइतबार प्रशिक्षण दिन लागेको हो।
प्रशिक्षणका लागि सांसदहरु संसद सचिवालय पुग्ने क्रम जारी छ। प्रशिक्षण १ बजे बजेदेखि सुरु हुने प्रचार विभागले जनाएको छ।
प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक ५ गरी प्रतिनिधि सभामा जसपाका १२ सांसदहरु छन्। जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।
546
Shares
प्रतिक्रिया