ad ad

राजनीति


प्रचण्ड र बाबुरामबीच बालुवाटारमा भेटवार्ता, पार्टी एकताको अन्तिम तयारी

प्रचण्ड र बाबुरामबीच बालुवाटारमा भेटवार्ता, पार्टी एकताको अन्तिम तयारी

नेपालखबर
पुस २३, २०७९ शनिबार २२:२, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भएको भेटमा दुई पार्टीबीचको एकता, यही पुस २६ गते सरकारलाई विश्वसको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको (नेसपा)का नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

नेता श्रेष्ठका अनुसार माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ। 

सात वर्षअघि माओवादी पार्टीको वरिष्ठ उपाध्य रहेका डा भट्टराईले विसं २०७२ को ९ असोजमा माओवादी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउँदै अहिले नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्ष बनेका छन्।। 

नेसपाले ४ मङ्सिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो।

आज भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताको वार्ताको निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो।

सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ। 

नेसपाले भने आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .