राजनीति


कांग्रेसले राप्रपालाई प्रधानमन्त्री अफर गरेको हल्ला निराधार र प्रायोजित : गगन थापा

कांग्रेसले राप्रपालाई प्रधानमन्त्री अफर गरेको हल्ला निराधार र प्रायोजित : गगन थापा

फाइल।


नेपालखबर
पुस २३, २०७९ शनिबार १५:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले कुनै दललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला निराधार र प्रायोजित भएको बताएका छन्। शनिबार पार्टीको संसदीय दलको बैठकस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्। 

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बसेको थियो। ‘मौका मिल्यो भने यसले यो गठबन्धन भतकाइदिन्छ भन्ने कुरा न अस्वभाविक हो, न एकदमै उदेयकलाग्दो हो।’

उनले मााधव नेपाल, उपेन्द्र यादव लगायतका नेताहरुसँग कांग्रेसको भेटघाट सामान्य छलफल भएको उनले बताए। ‘यी एकदमै अनुमानिक कुराहरु हुन,’ हामी कुनै अमुक पार्टीको अध्यक्षलाई हामीले प्रधानमन्त्री बनाउने कुरा न सत्य हो। न त्यो हुन्छ नै,’ थापाले भने, ‘सभापतिलाई हामीले सोध्यौं, खासगरी उपेन्द्र यादव नै समय मागेर भेट्न आउनुभएको। माधव नेपालको पनि छलफल गरिरहुनभएको छ।’

उनले यो विषयमा आफूहरुले सभापतिलाई सोधेको पनि बताए। बरु, पार्टी सभापतिसँगको कुराकानीलाई ‘बार्गेनिङ टुल्स’ को रुपमा प्रयोग गरिएको समेत बताए। 

‘यो निराधार हो। यो प्रायोजित हो। यस्तो कुरामा अफवाह फैलाइएको हो,’ थापाले भने, ‘अहिलेको गठबन्धनका विषयमा कुनैपनि विषयको कुरा भएको छैन। सत्ता गठबन्धनमा भाग बढी पाउन दुरुपयोग भएको हो।’

पार्टी बैठकमा नीति अधिवेशन कार्यान्वयन गर्ने कुरा भएको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad