हाल भारतमा नयाँ नागरिकता कानुनविरुद्ध दुई हप्तादेखि आन्दोलन जारी छ। आन्दोलनले हिंस्रक रुप लिँदा २० भन्दाबढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ।
बिहीबार अमित शाहले विपक्षी दलहरुको उक्साहटका कारण भारतमा हिंसा मच्चिएको आरोप लगाउँदै आन्दोलनमा होमिएका टुक्रे समूहलाई पाठ सिकाउनु पर्ने बताएका छन्।
शाह भन्छन्,‘दिल्लीका टुक्रे ग्याङ ‘समूह’लाई पाठ सिकाउनु पर्छ।’ भारतमा टुक्रे समूह भनेर दक्षिणपन्थी पार्टीहरुलाई जनाइन्छ जसले विपक्षी र विपक्षीको विचार समर्थन गर्नेलाई आक्रमण गरिरहन्छन्।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दल काँग्रेसले नागरिकता कानुनलाई गलत ढंगबाट व्याख्या गरेका कारण भारतमा अशान्ति मच्चिएको आरोप लगाएका थिए। एनडीटीभी

प्रतिक्रिया