ad ad

राजनीति


राष्ट्रिय सहमतिको सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

राष्ट्रिय सहमतिको सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

नेपालखबर
पुस २३, २०७९ शनिबार ६:३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्। 

नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन बाँकी छँदै सत्ता गठबन्धनका नेता डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरू सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका हुन्। 

प्रचण्ड सरकार ढाल्न नेपाली कांग्रेसको नेतृत्वमा नयाँ समीकरण हुन लागेको हल्लाबीच डा. भट्टराईले राष्ट्रिय सहमतिको स्थिर सरकारको कुरा गरेका हुन्।  

‘विश्वव्यापी आर्थिक मन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अतः खुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि?’

अहिले सरकारलाई एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने सत्ता बाहिर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .