ad ad

मधेस


रौतहटबाट १० लाख मूल्यको अवैध सामान बरामद

रौतहटबाट १० लाख मूल्यको अवैध सामान बरामद

फाइल फाेटाे


नेपालखबर
पुस २३, २०७९ शनिबार ६:२५, सर्लाही

प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट झण्डै १० लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर – ४ स्थित चन्द्रपुर गौर सडकखण्डबाट नौ लाख ८८ हजार ३८० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको हो। 

सर्लाहीको हरिवन नगरपालिका ५ घर भएका ३३ वर्षीय विनोद महतोले चलाएको प्रदेश २–०२–००१ च ०२४३ नम्बरको पिकअप गाडीबाट गुटखा लगायतका किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गाडीमा बिल विजकभन्दा धेरै सरसामान देखिएकाले सामानसहित पिकअप र चालक समेतलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .