कर्णाली


मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १४:१८, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्ला भित्रै अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। प्रशासनले शुक्रबार एक सुचना जारी गर्दै अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योगहरु तत्काल बन्द गर्न व्यवसायीहरुलाई जानकारी गराउँछौँ।’

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी सूचनामा  आयोजना सकिए पनि सञ्चालनमै रहेका रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग÷निर्माण व्यवसायी,  स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ। 

साथै प्रचलित कानुन बमोजिम सञ्चालनमा रहेका क्रसर उधोगहरुले योसँग सम्बन्धित कागजातहरु प्रशासनमा पेश गरी नियमानुसार सञ्चालन हुनसक्ने व्यहोरा उल्लेख गर्दै अटेर गरे कानुन बमोजिम कडा सजाय हुने हुँदा सबैलाई लागि प्रशासनले अनुरोध गरेको समेत जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .