राजनीति


प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै चार विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै चार विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १३:३७, काठमाडौँ

नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकारका चार विनाविभागीय मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ गते विश्वासको मत लिएपछि मात्रै जिम्मेवारी पाउने भएका छन्। 

प्रधान्त्री प्रचण्डसँगै गत पुस ११ गते राष्ट्रपतिको कार्यालयमा शपथ लिएका ती मन्त्रीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै जिम्मेवारी पाउने भएका हुन्। 

मन्त्रीमा नियुक्त भएर पनि अलपत्र अवस्थामा रहेका मन्त्रीहरुमा धनकुटाबाट निर्वाचित राजेन्द्र राई, बारा-३ की ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारी छन्। त्यसैगरी जनमत पार्टीका अब्दुल खान पनि अहिले विनाविभागीय छन्। 

उनलाई उद्योग मन्त्रालय दिने चर्चा थियो। तर अहिलेसम्म उनी पनि जिम्मेवारीविहीन छन्। 'हाम्रो जिम्मेवारीबारे आज पनि मन्त्रिपरिषद्मा चर्चा भएको थियो', एक मन्त्रीले नेपालखबरसँग भने, 'अब प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालय सम्हाल्न पाउने भएका छौँ।'

ठूलादेखि साना दलसम्मलाई भाग लगाउँदा प्रचण्ड नेतृत्वको क्याबिनेटमा सुरुमै तीनजना उपप्रधानमन्त्री भएका छन्। 

एमाले उपाध्यक्ष उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रचण्ड क्याबिनेटमा पौडेललाई अर्थमन्त्री, श्रेष्ठलाई भौतिक र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी मिलेको थियो। तर अरु १७ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालेका छन्। 

प्रधानमन्त्रीसँगै शपथ लिएका मन्त्रीहरु अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गर्दै बसेका छन्। उनीहरु त्यहाँ हाजिर भएर पुल्चोकस्थित सरकारी निवासमा गएर बस्ने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad