ad ad

राजनीति


राहदानी विभागका विचौलियालाई कारबाही गर्न नेविसंघको माग

राहदानी विभागका विचौलियालाई कारबाही गर्न नेविसंघको माग

नेपालखबर
पुस २०, २०७९ बुधबार १९:४२, काठमाडौँ

विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राहदानी विभागका विचौलियालाई तत्काल कारबाही गर्न माग गरेको छ। 

अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति प्रकाशित गरी पुस १७ गतेदेखि सिस्टममा आएको समस्या देखाउँदै पासपार्ट वितरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेविसंघले शंकास्पद ढंगले सम्वन्धित विभागका कर्मचारीहरुद्वारा सिस्टम अवरुद्ध पारिएको र यसको मुख्य कारण गृह मन्त्रालयको नीति बिनाको ठाडो निर्देशन रहेको भन्ने समाचारहरुले थप जटिलता उत्पन्न भएको बताएको छ।

विगत लामो समय देखि राहदानी वितरण र आवेदनको निमित्त भरिने अनलाइन फाराममा दलाली गरिएको र विचौलियाहरु हावी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रुपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

नागरिकको अवस्थाको फाइदा उठाउँदै हुने आर्थिक शोषण र घुसपैठप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेविसंघले भनेको छ, ‘यस्ता गतिविधिमा संलग्न कर्मचारी र विचौलियाहरुलाई कानुन बमोजिम कारबाहीको माग राख्दै राहदानी विभागमा उत्पन्न समस्याको यथासिघ्र समाधान गरी सेवा सुचारु गर्नरगराउनु हुन नेपाल सरकार पराराष्ट्र मन्त्रालय, राहदानी विभाग र सम्बन्धित सबै निकायलाई नेपाल विद्यार्थी संघ हार्दिक अनुरोध गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .