लुम्बिनी


लुम्बिनी माओवादी संसदीय दल नेतामा जोखबहादुर महरा चयन

लुम्बिनी माओवादी संसदीय दल नेतामा जोखबहादुर महरा चयन

नेपालखबर
पुस १८, २०७९ सोमबार १४:९, बुटवल

  
लुम्बिनी प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन्।

पार्टीको स्थायी समितिका सदस्य समेत रहेका महरा रोल्पा १ (क)का प्रदेश सभा सदस्य हुन्। 

लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) का ९ जना प्रदेश सभासदस्यहरुले सर्वसमति रुपमा नेता चयन गरेको हो। 

बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगाएको थियो।

निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .