ad ad

राजनीति


जसपाले सरकारमा जाने मन्त्रीबारे राजनीतिक समितिको बैठकबाट निर्णय लिने

जसपाले सरकारमा जाने मन्त्रीबारे राजनीतिक समितिको बैठकबाट निर्णय लिने

फाइल।


नेपालखबर
पुस १६, २०७९ शनिबार १९:२२, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ।

शनिबार बालकुमारीस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो। 

यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ। सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रिय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

बैठकमा निर्वाचनको समिक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ। तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताए। 

‘सात दलीय संयन्त्रमा हामी सहभागी छौं। हाम्रै समर्थनले प्रधानमन्त्री चयन भइसक्नुभएको छ। यो सरकारलाई हाम्रो समर्थन छ,’ प्रवक्ता सुमनले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा पनि, त्यो सरकारमा सामेल हुने साथीहरुको बारेमा पनि त्यसको लागि अहिले समय छ।’ 

सरकार विस्तार २९ गतेपछि हुने सुन्नमा आएको बताउँदै उनले पार्टीको राजनीतिक समितिको बैठकले मन्त्रीबारे थप निर्णय गर्ने बताए। ‘सरकारको विस्तार २९ गते पछि नै हुने जस्तो हामीलाई सुन्नमा आएको छ्। तसर्थ, पर्सीबाट सुरु हुने राजनीतिक समितिको बैठकमा यो बारेमा थप निर्णय गर्ला,’ उनले भने, ‘निर्वाचनको समिक्षा भन्ने हो भने प्रत्येक जिल्लाबाट मागिएको प्रतिवेदन आईसकेको छ। अव त्यो रिर्पोटहरु अध्ययन गरेर त्यसलाई अझै छलफल गरेर निर्णय गर्नकै लागि केन्द्रमा पनि एउटा समिति निर्माण भएको छ । शिवलाल थापाजी त्यसको संयोजक हुनुहुन्छ। बाल किशोर जी र रणध्वज कन्दवा रहनु भएको समितिलाई राजनीतिक समितिले अनुमोदन गर्नेछ। उनीहरुले अध्ययन गरेर तयार पारेको प्रतिवेदनको आधारमा कारबाही हुन्छ।’

बैठकमा निर्वाचनको समिक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरुबारे र अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .