ad ad

राजनीति


एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : माधव नेपाल

एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : माधव नेपाल

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ६:४८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने बताएकका छन्।

पार्टी निकटका जनसङ्गठन र प्रवास क्षेत्रका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले समान विचार भएका वाम शक्तिको ध्रुवीकरणले राजनीतिक स्थिरता कायम भई देश र जनताको हितमा क्रियाशील रहन सहयोग पुग्ने बताए।

उनले तत्काल आफ्नो पार्टी एकताका विषयमा कुनै दलसँग छलफल नभएको प्रष्ट पारे। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टी तत्कालीन परिस्थितिमा विद्रोहबाट निर्माण भएकाले त्यसको औचित्य पुष्टि गर्न आफू तत्पर रहेको बताए। 

उनले आफ्नो पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयमा निर्णय नभएको जानकारी दिँदै स्थायी कमिटीको बैठकबाट सो विषयमा टुङ्गो लगाइने बताए। 

वर्तमान सरकारले गर्ने राम्रा कामलाई सरकार बाहिर भए पनि समर्थन गर्ने उनको भनाइ थियो।

बैठकमा सहभागी नेतामध्ये केहीले सरकारमा जानुपर्ने, केहीले पार्टी एकता गर्नुपर्ने र केहीले पार्टीले उठाउँदै आएका मुद्दालाई स्थापित नगरी कुनै पार्टीसँग एकता नगर्न सुझाव दिएका छन् भने अधिकांशले वृहत् वाम एकताको पक्षमा क्रियाशील रहन सुझाएका थिए। 

पार्टीले निरन्तर कार्यकर्तासँग राय सुझाव सल्लाह लिइरहेको र प्राप्त सुझावका आधारमा रणनीति बनाएर आगामी कार्ययोजना तय गर्न लागेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .