उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ।
गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो। गृहमन्त्री लामिछानेले हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको अनेरास्ववियुका महासचिव समिक वडालले जानकारी दिए।
गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ स्थित मतदानस्थलमा भएको विवादमा राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ऐडीको हत्या भएको थियो। रासस
108
Shares

प्रतिक्रिया