ad ad

राजनीति


राप्रपाका बहुमत नेता सरकारमा जाने पक्षमा

राप्रपाका बहुमत नेता सरकारमा जाने पक्षमा

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०७९ बुधबार १७:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको छ। धुम्बाराहीस्थित पार्टी कार्यालयमा जारी कार्यसम्पादन समिति बैठकमा सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको हो। 

४० सदस्यीय कार्यसम्पादन समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा व्यक्त गरेका छन्। 

बैठकमा सहभागी कार्यसम्पादन समितिका एक सदस्यले नेताहरुले धारणा राख्ने क्रममा सरकारमा जानुपर्ने सुझाव दिएको जानकारी दिए। 

‘सरकारमा जानु पर्छ भन्नेमा अधिकांश नेताहरुले आफ्नो राय दिनुभएको छ,’ ती नेताले भने, ‘अहिलेसम्म २५ जनाले बोलिसक्नुभएको छ।’ 

उनले अब १५ जना नेता बोल्न बाँकी रहेका पनि बताए। अहिलेसम्म सरकारमा जानुपर्ने स्वर बहुमत देखिएका कारण सरकारमा सहभागी हुने निर्णय हुन सक्ने पनि बताए। 

‘अझै नेताहरुले बोल्न बाँकी छ। त्यसो हुँदा सरकारमा जान पर्छ भन्नेमै बढी मत देखिएको छ,’ उनले भने, ‘निर्णय त्यसै गरी हुन सक्छ। बैठक आज सकिएन भने भोलि पनि बस्छौं।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बैठक जारी रहेको र अहिले कुनै निर्णय भइनसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .