सरकारले नीति अनुसन्धान प्रतिष्ठानलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको रणनीतिक योजना निर्माण गर्ने जिम्मेवारी दिएको छ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीका अनुसार प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ को २०७९/९/११ को निर्णयअनुसार प्रतिष्ठानले सो जिम्मेवारी दिइएको हो।
उप्रेतीले सो जिम्मेवारी दिइएकोमा प्रधानमन्त्री प्रचण्ड, मुख्य सचिव शंकर दास बैरागीगायत सम्बन्धित सबैमा आभार व्यक्त गरेका छन्।
प्रतिष्ठान नेपाल सरकारद्वारा ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति’ गठन आदेश २०७५ अनुरूप १० असोज २०७५ मा स्थापना गरिएको थिंक ट्यांक हो।
राष्ट्रले अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने, नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने गर्छ।
Shares

प्रतिक्रिया