गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओबारे जानकारी दिन गरिमा क्यापिटलको सहायताकक्ष सञ्चालनमा ल्याएको छ।
नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” अनुसार विदेशमा रहेका नेपाललाई कम्पनीहरुले साधारण सेयर जारी गर्नुपर्ने विशेष व्यवस्था लागू भएको छ।
सो अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नुअगावै सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याउन थालेका छन्।
यसैलाई मध्यनजर गर्दै गरिमा क्यापिटलले यस किसिमका आईपीओबारे जानकारी दिन सहायता कक्ष सञ्चालनमा ल्याएको हो।
यसअन्तर्गत सार्वजनिक निष्काशनमा आवेदन दिनका लागि निम्न उल्लेखित मापदण्डहरु पुरा गरेको हुनुपर्ने कम्पनीले जनाएको छ–
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्पmत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ ।
ग्राहकहरुको हितलाई मध्यनजर राख्दै ‘हरेक नेपाली सेयरधनी’ अभियानअन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त विषयबारे जानकारीे प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटल लिमिटेडमा सहायताकक्ष सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।
गरिमा क्यापिटल लिमिटेडको हेल्पडेस्कमा बैंकमा रेमिट्यान्स बचत खाता खोल्न, डिम्याट÷हितग्राही र मेरोशेयर खाता खोल्न, बैंकबाट सीआरएन नम्बर लिन र सार्वजनिक निष्काशनमा आवेदन दिनेबारेका विशेष जानकारीको लागि कम्पनीको ल्याण्डलाइन नम्बर वा भाइबर, ह्वाट्सएप, बोटिममार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकले उक्त प्रयोजनको लागि वैदेशिक रोजगारी विप्रेषण ९रेमिट्यान्स० बचत खाता र हितग्राही तथा मेरोशेयर खाता गरिमा विकास बैंक लिमिटेडको वेबसाइटमा गएर वा अनलाइनमार्फत पनि खोल्न सक्ने कम्पनीले जनाएको छ।
यसबारे ग्राहकले श्रवण दाहाल (९८४७३७९००९) र शशी कुइँकेल (९८४७३७९०१०)लाई सम्पर्क गर्न सक्ने कम्पनीको भनाइ छ।
Shares

प्रतिक्रिया