ad ad

राजनीति


प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको जसपा सरकारमा सहभागी हुन्छ?

प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको जसपा सरकारमा सहभागी हुन्छ?

फाइल।


नेपालखबर
पुस १२, २०७९ मंगलबार १०:२०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने वा नहुने विषयमा पुस १९ गतेमात्र टुंगो लाग्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गरेको जसपाले सरकारमा सहभागी हुनेबारे अहिलेसम्म केही निर्णय गरेको छैन्। 

सोही विषयमा छलफल गर्नका लागि जसपाले १८ र १९ गते राजनीतिक समितिको बैठक पनि तय गरेको छ। त्यतिबेला सम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने जनाइएको छ।

जसपाको लागि पार्टी सरकारमा सहभागी हुने या नहुने भन्दा पनि संसदीय दलको नेता को र कहिले चयन हुने भन्ने विषय चासोको विषय बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .