ad ad

राजनीति


भाडाको घर खोज्दै देउवा, बालुवाटार सर्न नपाउँदा खुमलटारमा प्रचण्डलाई सकस!

भाडाको घर खोज्दै देउवा, बालुवाटार सर्न नपाउँदा खुमलटारमा प्रचण्डलाई सकस!

फाइल।


नेपालखबर
पुस १२, २०७९ मंगलबार १०:४७, काठमाडौँ

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार नछाड्दा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा समस्या भएको छ।

प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा उनी खुमलटारमा रहेको नीजि निवासमै बसेका छन्। 

जसले गर्दा प्रचण्डलाई बधाई दिन पुगेकाहरुको भीड बढेको छ। खुमलटारको घर सानो क्षेत्रफलमा भएकाले ट्राफिक व्यवस्थापनदेखि सवारी साधनको पार्किङसम्मा समस्या परेको उनको सचिवालयले जनाएको छ। हिजोमात्रै ४४ औं प्रधानमन्त्रीको रुपमा शपथ लिएका प्रचण्डलाई मंगलबार बिहानैदेखि खुमलटारमा भेट्न पुग्नेहरुको चाप बढेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी लगायत प्रचण्डलाई भेट्न पुगेका छन्। त्यसको व्यवस्थापन गर्न पर्याप्त ठाउँ नहुँदा बधाई दिन गएका उच्चपदस्तहरुलाई समेत सुरक्षा प्रबन्ध मिलाउन गाह्रो भएको छ।

उता, निवर्तमान प्रधानमन्त्री देउवाले भने भाडामा घर खोजिरहेका छन्। उनका प्रस संयोजक गोविन्द परियारका अनुसार नयाँ घर नपाउँदा बालुवाटार छाड्न सकिएको छैन।

‘हामी भाडाको घर खोज्दैछौं। बूढानिलकण्ठको घरमा निर्माण कार्य भइरहेका कारण बस्न सकिने अवस्था छैन,’ परियारले नेपालखबरसँग भने, ‘बालुवाटारबाट सर्नेगरी विभिन्न ठाउँका घर हेर्‍यौं। चित्तबुझ्दो भेटिएको छैन। आजै दिउँसो पनि अर्को घर हेर्दैछौं। मिल्यो भने आजै सर्नसक्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .