नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको बताएका छन्।
पोखरामा आयोजित साहित्य महोत्सवमा सहभागी हुने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हु्न्।
'हाम्रो (कांग्रेस) तर्फबाट कमजोरी भयो। माओवादीबाट बेइमानी भयो', उनले भने, 'प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो। त्यो कुरा भुलेर उहाँले बेइमानी गर्नुभयो।'
उनले पाँच दलीय गठबन्धन जोगाउन नसक्नुमा सबैकले कुनै न कुनै रुपमा कमजोरी भएको पनि बताएका छन्।
1.7k
Shares

प्रतिक्रिया