ad ad

खेल


जनकपुर रोयल्सलाई विराटनगर सुपर किंग्सद्वारा १ सय ४१ रनको लक्ष्य

जनकपुर रोयल्सलाई विराटनगर सुपर किंग्सद्वारा १ सय ४१ रनको लक्ष्य

नेपालखबर
पुस ११, २०७९ सोमबार १४:५८, काठमाडौँ

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले जनकपुर रोयल्ससामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगर १९.५ ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।  

विराटनगरका सिकन्दर राजा ३८ रनको योगदान दिए। १८ बलको सामना गरेका राजाले २ चौका र ४ छक्का हाने। रोहित पौडेलले ३२ तथा हुसैज तलातले २८ रन थपे। अर्जुन साउदले १८ रन बनाए।

विवेक यादव ८ र रिजन ढकाल शुन्य रनमा नटआउट रहे। 

जनकपुरका ललित राजवंशी एक्लैले ५ विकेट झारे। किफायती बलिङ गरेका ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चे।

मोहम्मद आदिल आलमले २ तथा केस्रिक विलियम्स र सोमपाल कामीले समान १ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .