राजनीति


उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार ११:२०, काठमाडौँ

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो।

एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। यस्तोमा ओलीनिवास बालकोटमा ६ जना मन्त्रीको नामलाई पनि अन्तिम रुप दिँदैछ।

एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनमा विजयी उपाध्यक्षमध्ये एकजनाले सरकारको नेतृत्व गर्ने नेपालखबरलाई बताएका छन्। 

यस्तोमा उपाध्यक्ष पौडेलले गृह या अर्थमन्त्रालयले लिन सक्नेछन्। उनी दुईमध्ये एक उपप्रधानमन्त्री हुनेछन्। 

उनले अर्थमन्त्रालयले लिन सम्भावना बलियो छ। गृहमन्त्रालयमा माओावादी उपमहासचिव वर्षमान पुनको सम्भावना बलियो छ।

एमालेबाट मंसिर ४ को निर्वाचनमा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल विजयी भएका थिए। नेम्वाङ इलाम र पौडेल रुपन्देहीबाट विजयी भएका हुन्।

तर नेम्वाङ अहिले सभामुख या राष्ट्रपति पदमध्ये एकका दाबेदार छन्। संविधानसभा अध्यक्ष र एमाले संसदीय दलको नेतासमेत भइसकेका उनी सात दलीय गठबन्धनबाट राष्ट्रपतिका दाबेदार हुन्।

एमाले उपाध्यक्षमध्ये सुरेन्द्र पाण्डे निर्वाचनमा पराजित भएका थिए। त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल चुनावी मैदानमै थिएनन्।

आइतवार बालकोटमा भएको सात दलीय गठबन्धनको बैठकले पनि प्रधानमन्त्री माओवादीले लिँदा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे शपथ लिँदैछन्। 

एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा ओलीलाई दिएको छ। ओलीले नै मन्त्रीका अन्य नामहरुको टुंगो लगाउँदैछन्। 

उता माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुँदैछन्। त्यस्तै वर्षमान पुनको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad