ad ad

राजनीति


प्रधानमन्त्री बनेका प्रचण्डलाई ककसको समर्थन? (सूची)

प्रधानमन्त्री बनेका प्रचण्डलाई ककसको समर्थन? (सूची)

नेपालखबर
पुस १०, २०७९ आइतबार १९:२१, काठमाडौँ

एक सय ६९ सांसदकाे समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन्। 

नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए। 

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहाललाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। 

प्रचण्डलाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र ३ जना स्वतन्त्र सांसदले समर्थन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .