राजनीति


गठबन्धनमा कुरा नमिलेपछि माधव नेपालले बोलाए पदाधिकारी बैठक

गठबन्धनमा कुरा नमिलेपछि माधव नेपालले बोलाए पदाधिकारी बैठक

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १५:६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन्। 

नयाँ सरकारको समीकरणबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कुरा नमिलेर सत्ता गठबन्धन भंग भएको चर्चा भइरहँदा नेपालले बैठक बोलाएका हुन्।

माओवादी अध्यक्ष प्रचण्ड एमालेसहितका दलहरुको साथ लिएर सत्तामा जाने तयारीका लागि बालकोट पुगेपछि नेपालले पदाधिकारी बैठक डाकेका हुन्। 

यस्तोमा एकीकृत समाजवादी एमालेसँग नमिल्ने पक्षमा देखिएको छ। 'अहिलेलाई हामी एमालेसहितको समीकरणमा मिसिँदैनौँ', समाजवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, 'बालुवाटार बैठकको ब्रिफिङ र भावी रणनीतिबारे अध्यक्ष नेपालले थप जानकारी दिनुहुनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad