राजनीति


गठबन्धनका नेतालाई डा. भट्टराईको चेतावनी– त्याग देखाऊ, नत्र देश अस्थिरताको दलदलमा फस्नेछ

गठबन्धनका नेतालाई डा. भट्टराईको चेतावनी– त्याग देखाऊ, नत्र देश अस्थिरताको दलदलमा फस्नेछ

नेपालखबर
पुस १०, २०७९ आइतबार १०:२, काठमाडौँ

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा नजिकै आइसक्दा पनि यस विषयमा सत्ता गठबन्धनका दलबीच सहमति हुन सकेको छैन। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे समयसीमा आज साँझ ५ बजे सकिँदै छ। 

पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्र दुवै नयाँ सरकारमा आफ्नो दाबी नछाड्दा कुरा मिल्न सकेको छैन। खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पहिले को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। सहमतिको प्रयास भने जारी छ। 

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका नेताहरूलाई लचकता अपनाउन आग्रह गरेका छन्। अन्यथा अर्काे गठबन्धनको सरकार पनि बन्ने र देश अस्थिरतातर्फ जाने चेतावनी भट्टराईले दिएका छन्।  

‘वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ, लचकता र त्यागको भावना देखाउनैपर्छ। नत्र देश अस्थिरताको दलदलमा फस्नेछ! सबै जिम्मेवार बनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .