राजनीति


प्रचण्ड र माधवसँग छुट्टाछुट्टै छलफलपछि कांग्रेस उपसभापति खड्काले भने– हामी मिलाउँछौँ

प्रचण्ड र माधवसँग छुट्टाछुट्टै छलफलपछि कांग्रेस उपसभापति खड्काले भने– हामी मिलाउँछौँ

नेपालखबर
पुस ९, २०७९ शनिबार १४:३१, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनमा रहेका दलहरुका नेतृत्वसँग नयाँ सरकार गठनबारे छुट्टाछुट्टै छलफल गरेका छन्। 

उनले शनिबार बिहान नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको नेतृत्वसँग नयाँ सरकार गठनबारे छुट्टाछुट्टै छलफल गरेका हुन्। 

उपसभापति खड्काले खुमलटार पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेको जानकारी दिए। 

‘प्रचण्डजी र माधवजीसँग बिहान भेटेर आएको हुँ। रामचन्द्रजीले पनि प्रचण्डजीसँग भेट्नुभएको छ,’ खड्काले नेपालखबरसँग भने, ‘हामी गठबन्धन जोगाउन एकमत छौं। ४ बजे गठबन्धनको बैठक बस्दै छ। एउटा समझदारी बनाउँछौं।’

उनले दलहरुबीच छलफल भइरहेको र छलफलमा ठूलो माग कसैको नभएको पनि बताए। ‘छलफल भइरहेको छ। ठूलो माग कसैको पनि छैन,’ उपसभापति खड्काले भने, ‘मिलाउनुपर्छ। हामी मिलाउँछौं।’

सत्तारुढ गठबन्धन दलबीच बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि नयाँ सरकारको नेतृत्वबारे कांग्रेस र माओवादी बीच कुरा मिलेको छैन। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .