चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले चीनको विकासलाई कसैले रोक्न नसक्ने बताएका छन्।
वर्षको अन्त्यमा सरकारी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले चिनियाँ भूमिमा पश्चिमाहरुले गरेको ‘हस्तक्षेप’ पनि विरोध गरे।
‘चीनको घरेलु मामिलामा हस्तक्षेप गर्ने र यसको विकासलाई छोक्न खोज्नेहरु इतिहासको चक्कापछि छुट्ने छन्,’ वाङले भनेका छन्, ‘१.४ अर्ब मानिसको आधुनिकतातर्फको गतिलाई कसैले रोक्न सम्भव छैन।’
उनले हङकङ र सिन्जियाङमा सरकार र पार्टीले चालेको कदमको प्रशंसा पनि गरे। एजेन्सी
प्रतिक्रिया