राजनीति


‘फरार अभियुक्त’ लक्ष्मी महतोले पनि लिए प्रतिनिधिसभा सदस्यको शपथ

‘फरार अभियुक्त’ लक्ष्मी महतोले पनि लिए प्रतिनिधिसभा सदस्यको शपथ

ढाका टोपीमा लक्ष्मी महतो फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार २०:५०, काठमाडौँ

ज्यान मुद्दामा ‘फरार अभियुक्त’ को सूचीमा रहेका सांसद लक्ष्मी महतोले पनि प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन्।

बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट महतोले पद तथा गोपनियताको शपथ लिएका हुन्।

महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ। उनी अझै फरार अभियुक्तको सूचीमा छन्।

मधेशवादी दलमा रहेर राजनीति गर्दै आएका महतो गएको निर्वाचनको मुखमा एमाले प्रवेश गरी महोत्तरी १ बाट निर्वाचित भएका थिए। 

उनले माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

प्रहरीले पक्राउ गर्ने डरको कारण महतोले वारेस मार्फत् उम्मेदवारी दर्ता गराएका थिए। चुनाव जितेपछि पनि उनले वारेस मार्फत नै सांसदको प्रमाणपत्र लिएका थिए। 

उम्मेदवारी र विजेताको प्रमाणपत्र पनि वारेस मार्फत् लिएका महतोले बिहीबार संसद भवन नयाँ बानेश्वरमा सशरीर उपस्थित भएर प्रतिनिधिसभा सदस्यको सपथ लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad