राजनीति


सभापतिले बोल्न प्रतिबन्ध लगाउनुभएको छैन : सोविता गौतम

सभापतिले बोल्न प्रतिबन्ध लगाउनुभएको छैन : सोविता गौतम

फाइल।


नेपालखबर
पुस ७, २०७९ बिहिबार १४:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोविता गौतमले आफ्नो पार्टीका सांसदहरुलाई बोल्न प्रतिबन्ध नलगाइएको बताएकी छिन्। 

संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि संचारकर्मीसँग बोल्दै उनले सो कुरा बताएकी हुन्। सांसद गौतमलाई पार्टीमा बोल्न प्रतिबन्ध लगाइएको छ नि? भनेर संचारकर्मीले प्रश्न सोधेका थिए। 

उक्त प्रश्नको जवाफ दिँदै गौतमले भनिन्, ‘त्यो गलत हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नबोल्नु भनेर कहिल्यै भन्नुभएको छैन। के चाहीँ भयो भने, हामीजस्ता केही साथीहरुले पनि हामीजस्ता साथिहरु आउनुपर्छ भनेर सहयोग गर्नुभएको थियो। सबैलाई धन्यवाद पनि छ।’्

आफूहरु नै स्पष्ट नभइसकेकाले मिडियामा नबोलेको भने उनले बताइन्। ‘यद्यपि अहिले निर्वाचित भइसकेपछि सबै साथिहरुले बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा थियो, तर हामी नै स्पष्ट नभई के बोल्ने भन्ने नहुँदा त्यस्तो भएको हो। हाम्रो सभापतिले केही त्यस्तो भन्नुभएको छैन,’ उनले भनिन्।

साथै, सांसदको भूमिका सीमित हुने भन्दै सरकार वा प्रतिपक्षमा बस्ने भन्नेबारे सल्लाह हुन बाँकी हरेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .