राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक स्थायित्व दिने हो भने नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन्।
झापा क्षेत्र नम्बर ३ बाट विजयी उनले बिहीबार संसद भवनमा सांसद पदको शपथ लिएपछि यस्तो बताएका हु्न्।
'देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले मिलेर आगामी ५ वर्ष सरकार चलाउनुपर्छ', उनले भने, 'त्यसो भएमा हामी प्रतिपक्षमा बस्छौँ। दुई ठूला दल मिल्दा देशले विकासको गति पनि लिन सक्छ।'
उनले राप्रपा आफैं अहिले सरकारमा जाने विषयमा मौन रहेको बताए। अहिले हतार गरेर सरकारमा जाने पक्षमा आफूहरु नरहेको तर्क लिङ्देनले गरेका छन्।
63
Shares
प्रतिक्रिया