ad ad

खेल


मैत्रीपूर्ण खेलका लागि स्पेनको क्लब नेपाल आउँदै

मैत्रीपूर्ण खेलका लागि स्पेनको क्लब नेपाल आउँदै

नेपालखबर
पुस ७, २०७९ बिहिबार १२:३७, काठमाडौँ

दुई मैत्रीपूर्ण फुटबलका लागि स्पेनको दोस्रो डिभिजन क्लब नेपाल आउने भएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आउन लागेको हो। 

फाउन्डेसनले अखिल नेपाल फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल खेल्न स्पेनको काथैरेन्यो फुटबल क्लब नेपाल आउन लागेको हो। 

क्लबले काठमाडौंमा काठमाडौं–११ र पोखरामा गण्डकी–११ सँग एक/एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको फाउन्डेसनले बताएको छ। 

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहने गण्डकी–११ फुटबल टिमको प्रशिक्षण राजेन्द्र तामाङले सम्हाल्नेछन्।   यसैगरी काठमाडौं–११ को टिम नेपाली राष्ट्रिय फुटबल टिमका अर्का पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ। काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी रहेका छन्। 

यसै विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी–११ का कप्तान गुरुङले भने, ‘स्पेनिस टेली नेपाल आउँदै छ। खुसी लागेको छ। यो फुटबलप्रेमीहरुका लागि नै ठूलो कुरा हो।’ 

त्यस्तै काठमाडौं–११ का कप्तान महर्जनले भने, ‘लिजेन्ड खेलाडीहरुसँग खेल्न पाउनु हाम्रो लागि राम्रो एक्सपोजर हो। यो राम्रो अवसर हो। आयोजकलाई धन्यवाद।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .