राजनीति


कांग्रेस संसदीय दलको चुनाव : सकियो मतदान, आजै परिणाम

कांग्रेस संसदीय दलको चुनाव : सकियो मतदान, आजै परिणाम

संसदीय दलको नेता बन्न उम्मेदवार बनेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा बुधबार बिहान दलको चुनावम मत खसाल्दै। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ६, २०७९ बुधबार १०:८, काठमाडौँ

 नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ।

संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्। 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको हो। 

आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ। 

अन्तिम मत भने ॐ हस्पिटलबाट आउँदै छ। माया राई सुत्केरी भएकाले अस्पताल गएकी हुन्। अन्य मतदाताले मतदानस्थल पुगेर मत खसाइसकेका छन्। 

कांग्रेसका ८९ सांसद भए पनि मत ८८ जनाले दिने हो। टेकबहादुर गुरुङ अदालतमा मुद्दा विचाराधीन रहेकाले मतदानमा सहभागी भएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .