ad ad

राजनीति


गगनलाई साथ दिन कांग्रेस इतर समूहको भेलामा पुगे विश्वप्रकाश शर्मा

गगनलाई साथ दिन कांग्रेस इतर समूहको भेलामा पुगे विश्वप्रकाश शर्मा

होटल बसेरामा सम्बोधन गर्दै विश्वप्रकाश शर्मा। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:४३, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको चुनाव हुनै लाग्दा इतर समूहको बैठक अहिले होटल बसेरामा जारी छ।

इतर समूहबाट महामन्त्री गगनकुमार थापा संसदीय दलमा लड्ने भएका छन्। उनलाई डा. शेखर कोइरालाले प्रस्ताव गरिसकेका छन्। यो प्रस्तावमा उपसभापति धनराज गुरुङले पनि समर्थन जनाएका छन्। 

यसअघि नै गगनलाई संसदीय दलको नेतामा सघाउने घोषणा गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि होटल बसेरामा पुगेका छन्। 

गगनलाई संसदीय दलमा सघाएर प्रधानमन्त्री बनेको देख्न चाहेको बताएका विश्वप्रकाशले इतर समूहको भेलालाई सम्बोधन समेत गरेका छन्। 

विश्वप्रकाश कांग्रेसको चौधौँ महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उठेका थिए। प्रकाशमानले अहिले सभापति देउवालाई साथ दिएका छन् भने विश्वप्रकाश गगनको पक्षमा उभिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .