नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नवनिर्वाचित सांसद सञ्जय गौतमले संसदीय दलमा आकांक्षीहरुको एक्लाएक्लै भेट गरेर निर्णय लिने बताएका छन्।
होटल एम्बास्डरमा मंगलबार बिहानैदेखि जुटेका नेताहरुसँगको छलफलपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै नेता गौतमले सो कुरा बताएका हुन्।
‘संसदीय दलको नेतामा आकांक्षीहरु एक्लाएक्लै होटल बसेरामा बस्नुहुन्छ,’ गौतमले भने, ‘तपाईंहरुले केहीबेरमै सुखद समाचार सुन्न पाउनुहुनेछ।’
थप छलफलका लागि अहिले सिंहदरबार अगाडिको बसेर होटलमा नेताहरु जुटिरहेका छन्।
यसअघि आइतबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार कांग्रेसले दलको नेता छान्न निर्वाचन कार्यकतालिका सार्वजनिक गरेको हो।
दलको नेताका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
135
Shares

प्रतिक्रिया