राजनीति


कांग्रेस संसदीय दलमा शेखरले गगनलाई प्रस्ताव गर्ने

कांग्रेस संसदीय दलमा शेखरले गगनलाई प्रस्ताव गर्ने

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार ११:५९, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि इतर समूहबाट डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापाको नाम प्रस्ताव गर्ने भएका छन्। 

मंगलबार होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

स्रोतका अनुसार यो बैठकबाट शेखरको साथ लिएर गगनले सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा लड्ने भएका हुन्। 

उनीहरुबीचको सहमतिअनुसार यही पाँच वर्षमा फेरि संसदीय दलको चुनाव हुने भएमा शेखरलाई गगनले छाड्ने भएका छन्।

त्यो अवस्थामा गगनले दाबी नगर्ने सहमति भएको हो। 

एम्बेस्डर होटलको बैठकपछि यो समूहका नेता अर्जुननरसिंह केसीले करिब सहमति भइसकेको बताएका थिए। 

'हामी सहमतिका साथ निष्कर्षमा पुग्छौँ। सहमतिबाट नै हाम्रो संसदीय दलको नेता तय गर्छौँ', उनले बैठकपछि भनेका थिए, 'हामी एक भएर संसदीय दलको नेतामा एकजनालाई अन्तिम निष्कर्षमा पुर्‍याएर मिलाउँछौँ। एक घण्टाभित्रमै सहमति जुटाएर टुंगो लगाउँछौँ।'

केसीले सभापति शेरबहादुर देउवाविरुद्ध एउटै उम्मेदवारी पर्ने पनि बताएका थिए। 'करिब सहमति नै भइसकेको छ', उनले भने, 'दुवै नेताहरु एकदमै लचक हुनुहुन्छ। त्यस्तो विमत्ति केही छैन।'

बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले पनि सहमतिबाटै एकजना नेताले संसदीय दलमा उम्मेदवारी दिने बताएका थिए।

गगनलाई संसदीय दलमा उठाउने घोषणा नेताहरुले बसेर होटलमा हुने छलफलपछि गर्ने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad