राजनीति


सरकारको विरोध गरेको भन्दै गोल्ड मेडलिस्ट छात्रालाई दीक्षान्त समारोहबाट निकालियो

सरकारको विरोध गरेको भन्दै गोल्ड मेडलिस्ट छात्रालाई दीक्षान्त समारोहबाट निकालियो

नेपालखबर
पुस ८, २०७६ मंगलबार ६:२९,

नागरिकता कानुनको विरोध गरेकी भारतको पुदुचेरी युनिभर्सिटीकी एक गोल्ड मेडलिस्ट छात्रालाई राष्ट्रपति रामनाथ कोविन्दको उपस्थितिमा आयोजित दीक्षान्त समारोहबाट बाहिर राखिएको छ।

मास कम्युनिकेसन विषयमा गोल्ड मेडल प्राप्त गरेकी राबिहा अदुरेहिमले राष्ट्रपति समारोहबाट बाहिरिएपछि मात्र आफूलाई हलभित्र प्रवेश गर्न दिइएको बताएकी छन्।

‘राष्ट्रपति आएपछि मलाई बाहिर बोलाइयो। उनीहरुले बलप्रयोग त गरेनन् तर किन बाहिर बोलाइयो भन्ने मलाई थाहा भइगो,’ उनले भनेकी छन्।

राष्ट्रपति बाहिरिएपछि उनलाई हलभित्र निम्त्याएर गोल्ड मेडल र प्रमाणपत्र दिन खोजिएको थियो। तर उनले गोल्ड मेडल लिन अस्वीकार गरिन्।

‘मैले गोल्ड मेडल लिन अस्वीकार गरे। देशभर नागरिकता कानुन र एनआरसीविरुद्ध भइरहेको प्रदर्शनमा ऐक्यबद्धताका लागि मैले यो अस्वीकार गरेको हुँ,’ उनले भनेकी छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad