ad ad

राजनीति


दलको नेता छानेपछि भावी प्रधानमन्त्रीबारे कुरा गर्छौँ : महरा

दलको नेता छानेपछि भावी प्रधानमन्त्रीबारे कुरा गर्छौँ : महरा

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार १७:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुने बताएका छन्।

पार्टीको पदाधिकारी बैठकपछि सञ्ञ्चारकर्मीलाई संक्षिप्त प्रत्रिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने बताए। 

त्यसपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुने उनको भनाइ थियो। संसदीय दलको नेताबारे छलफल गर्न पदाधिकारी बैठक बोलाए पनि सपथअगाडि नेता चयनको कुरा प्रक्रियासंगत नहुने उनले बताए। 

प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारे संसंदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताए। 

गठबन्धनको निरन्तरताबारे बोल्दै उनले अहिलेसम्म त्यो कायमै रहिरहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .