ad ad

राजनीति


प्रधानसेनापतिद्वारा तीन जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्वारा तीन जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
पुस ३, २०७९ आइतबार १७:३८, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्माले हालै बढुवा भएका एक प्राविधिक उपरथी र दुई जना सहायक रथी गरी तीन अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।  

प्रधानसेनापति शर्माले प्राविधिक उपरथीमा बढुवा दिपक प्रसाद बास्तोला (पीएचडी) लाई आइतबार जङ्गी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

डा. बास्तोला मन्त्रिपरिषद्को गत मंसिर २३ गतेको निर्णय अनुसार सैनिक सेवा नियमावली २०६९ को नियम ४३ को उपनियम (१) बमोजिम अवकाश हुनुपूर्व एक महिना अगाडि प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका हुन्।

सोही अवसरमा, प्रधान सेनापति शर्माले महा सेनानी दर्जामा पदोन्नती भएका दुई जना अधिकृतहरुलाई महा सेनानीको दर्ज्यानी चिह्न प्रदान गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .