ad ad

राजनीति


संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति

प्रवक्ता महतले भने : मंगलबार निर्वाचन हुन सक्छ
संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ३, २०७९ आइतबार १६:३८, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो।

प्रार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सहमहामन्त्री भीष्मराज आङदेम्बे संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको जानकारी दिए। 

'संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति बनाइएको छ', उनले भने, 'सह-महामन्त्री भीस्मराज आङ्देम्बे संयोजक रहेको समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहनु भएको छ।'

महतले मंगलबार बिहान निर्वाचन हुन सक्ने बताए। 'पर्सि बिहानसम्म निर्वाचन हुन सक्छ। नभए निकोर्सि निर्वाचन गर्छौँ', उनले भने, 'सकेसम्म सर्वसम्मत हुन्छ नभए निर्वाचन प्रक्रिया छँदैछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .